लोककवी अलीमीयाँको जन्म १९७५ फाल्गुन १५ गते हाल पोखरा उपमहानगरपालीका-१३ को मीयाँपाटनमा भएको हो । ज्यादै सरल भाषामा गहीरो भाव पोख्न खप्पीस लोककवी जीवनभर नेपाली गाउँबेसीका भाका गाउँदै हीडें । उनलाई नीष्ठूर नीयतीले ८९ वर्षको उमेरमा २०६३ साउन १८ गते हामीबाट सदाका लागी चुँडेर लग्यो । नौं दश वर्षको उमेरदेखी नै घाँसदाउरा गर्दा उनी दोहोरी गाउँथे ।मीठो स्वर हुदाँहुदै पनी उनको वैशमा आफ्नै स्वरमा उनका गीत रेकर्ड हुन सकेनन् ।
पछी उनका गीत हरीदेवी कोईराला, प्रेमराजा महत, पद्यराज ढकाल, ठाकुरप्रसाद सीग्देल, दुर्गा रायमाझी, पुरुषोत्तम रायमाझी लगायतले उनका गीत गाएका छन् । अलीमीयाँ धार्र्मी सहीष्णुताका एक नमूना थीए ।
जातले मुसलमान भए पनी राम, सीता, वुद्ध पर्ती आस्था राख्थे । वेद, रामायण, पुराण, गीता, महाभारतका कथा उनका मुखमा कण्ठै थीए । वास्तवमा उनी मानवतावादी कवी हुन् । अलीमीयाँ बाचुन्जेल नेपाली माटो, जनजीवन, याहींका भाका लेखे् र जीवनमा उनले दुःखसँग लामो समय पौठेजोरी खेले। मेलापात, चुराधागोको व्यापार गर्दै यौवन वीताएका उनले जीवनको उत्तरार््धमा चारैतीरबाट सम्मान पाए ।