लोककवि अली मियाँ

लोककवी अलीमीयाँको जन्म १९७५ फाल्गुन १५ गते हाल पोखरा उपमहानगरपालीका-१३ को मीयाँपाटनमा भएको हो । ज्यादै सरल भाषामा गहीरो भाव पोख्न खप्पीस लोककवी जीवनभर नेपाली गाउँबेसीका भाका गाउँदै हीडें । उनलाई नीष्ठूर नीयतीले ८९ वर्षको उमेरमा २०६३ साउन १८ गते हामीबाट सदाका लागी चुँडेर लग्यो ।

नौं दश वर्षको उमेरदेखी नै घाँसदाउरा गर्दा उनी दोहोरी गाउँथे । मीठो स्वर हुदाँहुदै पनी उनको वैशमा आफ्नै स्वरमा उनका गीत रेकर्ड हुन सकेनन् । पछी उनका गीत हरीदेवी कोईराला, प्रेमराजा महत, पद्यराज ढकाल, ठाकुरप्रसाद सीग्देल, दुर्गा रायमाझी, पुरुषोत्तम रायमाझी लगायतले उनका गीत गाएका छन् । अलीमीयाँ धार्र्मी सहीष्णुताका एक नमूना थीए ।

जातले मुसलमान भए पनी राम, सीता, वुद्ध पर्ती आस्था राख्थे । वेद, रामायण, पुराण, गीता, महाभारतका कथा उनका मुखमा कण्ठै थीए । वास्तवमा उनी मानवतावादी कवी हुन् । अलीमीयाँ बाचुन्जेल नेपाली माटो, जनजीवन, याहींका भाका लेखे् र जीवनमा उनले दुःखसँग लामो समय पौठेजोरी खेले। मेलापात, चुराधागोको व्यापार गर्दै यौवन वीताएका उनले जीवनको उत्तरार््धमा चारैतीरबाट सम्मान पाए ।

वी. स. २०५८ फाल्गुन १५ गते उनको जीवनमा सर्वाधीक खुसीको दीन आयो । पोखरेली युवा सांस्कृतीक परीवारको अगुवाईमा पोखरामा उनको रथारोहण र सार्वाजनीक अभीनन्दन गरीयो । त्यही दीन उनको सम्मान र उनको योगदान,क्रीती, र समग्र लोक साहीत्यको वीकासका लागी ‘अलीमीयाँ लोक वाङमय प्रतीस्ठान्को घोषणा गरिएको हो । लोककवीका सुपुत्र हनीफ मीयाँको सफल र उर्जाशील नेतृत्वमा यो संस्था स्रष्टाको सम्मान, पुस्तक प्रकाशन, र वीवीध साहीत्यीक गतीवीधीमा सक्रीय छ । नेपालमा रहेका साहीत्यीक संस्था र साहीत्यीक वृतमा यसको आफ्नै फरक र गौरवमय इतीहास छ ।